logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमती नगरपालिकाले बनाएको १२१ बिघाको तालमा मुख्यमन्त्री राउतद्वारा बोट चढेर निरीक्षण (फोटो फिचर)


  • उज्यालो अभियान

सरिता सापकोटा/ बागमती – प्रदेश दुई सरकारका मुख्य मन्त्री लालबाबु राउतले देशकै ठुलो मानव निर्मित भरत तालको अबलोकन भ्रमण गरेका छन् ।

बुधवार साझ सर्लाहीको बागमती आईपुग्नु भएका मुख्य मन्त्री राउतको टोलीले तालको अबलोकन भ्रमण गरेका हुन् । मुख्य मन्त्री राउतले तालमा बोटिङ गर्दौ ताल सगँै नगरको समग्र विकासको बारेमा जानकारी लिएका थिए ।

राउतले झण्डै २० मिनेट तालमा बोटिङमा बिताए । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले मुख्य मन्त्री राउतलाई तालको स्वरुप तथा बिषेशताको विषयमा जानकारी गराएका थिए ।

कुराकानीकै क्रममा मेयर थापाले मुख्य मन्त्री राउतलाई नगरले गरेको चौतर्फी विकासको बारेमा समेत जानकारी दिए । कुराकानीकै क्रममा मुख्य मन्त्री राउतले ताललाई बहुउद्देश्यको योजना जस्तै गरी बहुभाषा, सस्कृती, रितिरिवाज झल्कने पर्यटकिय केन्द्रको रुपमा विकास गर्न समेत सुझाएका थिए । नगरले तयार गरेको ताल यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन सगै बातावरण विकासको ठुलो मेरुदण्ड सावित हुने मुख्यमन्त्री राउतको भनाई थियो ।

मुख्यमन्त्री राउतले ताल निर्माणकार्यमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । तालाको अवरोकन भ्रमण पछि मुख्यमन्त्री राउतको टोली जनकपुर तर्फ प्रस्थान गरेका थिए ।

यस्तै उक्र कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिव कमल बुडाथोकी, नेतृ विनिता दहाल, बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, नगरका प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेल, लेखा शाखा प्रमुख बिश्वराज पोखरेल लगाएतको सहभागिता रहेको थियो ।