logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अमेरिकामा बस्ने मनकारी युवाको माओवादी नेतृ बललाई सहयोग


  • उज्यालो अभियान

रकम हस्तान्तरण गर्दै समाजसेवी भरत कुमार कार्की ।

हरिवन – माओवादी केन्द्रकी नेतृ बललाई हरिवन घरभई हाल अमेरिकामा बस्ने एक युवकले ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।

सो सहयोग रकम हिजो (मंगलवार) समाजसेवी भरतकुमार कार्कीको नेतृत्वमा बलकै घरमा पुगेर हस्तान्तरण गरिएको युवा युवराज भण्डारीले बताए ।

समाजसेवी कार्की, खेलकुद महासंघ सर्लाहीका अध्यक्ष विजय अधिकारी, युवा व्यवसायी रामहरि बुढाथोकी, महिला नेतृ तारा लामा, सुनिता रुम्बालगायतले पनि बलको स्वास्थ्य अवस्थाबारे घरमै पुगेर जानकारी लिएका छन् ।