पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री (सबैभन्दा दायाँ)लाई ज्वरो नाप्ने थर्मोमिटर, अक्शिजन लेबल नाप्न अक्शोमिटर लगायत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई (बीचमा । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालमा पत्रकारहरुको सुरक्षाका लागि प्रदेश दुई सरकार अन्तर्गत आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
प्रदेश नं २ को आम सञ्चार प्राधिकरण र मिडिया काउन्सीलले पत्रकार महासंघ सर्लाहीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मिडिया काउन्सीलका अध्यक्ष शिवहरि भट्टराईले सर्लाहीका पत्रकारहरुका लागि बुधबार दिउँसो पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् । रौतहटमा समेत उक्त सामग्री वितरण गर्न जनकपुरबाट आएका यादव र भट्टराईले हरिवन स्थित उज्यालो अभियान नेटर्वक प्रालिको कार्यालयमा महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको महासंघ सर्लाहीका सचिव सुनिल ठाकुरले जानकारी दिए ।
सचिव ठाकुरका अनुसार टोलीले एकजना पत्रकारका लागि एक पोका सर्जिकल मास्क, १० थान केएन ९५ मास्क, दुईवटा फेस शिल्ड, दुईवटा ह्याण्ड ग्लोब्स्, १०० एमएल दरका दुई बोतल सेनिटाईजर उपलब्ध गराएको छ । त्यस्तै एकथान ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर, अक्शिजन लेबल नाप्ने अक्शोमिटर एकथान समेत प्रदान गरिएको छ ।
सोही अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) प्रदेश दुई समितिका लागि समेत अक्सीजन लेभल जाँच गर्ने अक्सोमिटर र ज्वरो नाप्ने ईन्फ्रारेड थर्मामिटर १÷१ थान टोलीले उपलब्ध गराएको थियो । उक्त सामान एकोराबका प्रदेश दुई संयोजक मनोज यादवलाई टोलीले हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासघका सचिव सुनिल ठाकुर, पत्रकार महासंघका सदस्य एवं आदिवासी जनवाजी महासंघका अध्यक्ष घनश्याम बलम्पाकी, पत्रकार महासंघ सदस्य सञ्जु कर्ण, पत्रकार ओमप्रकाश ठाकुर, बन्दना झा लगायतको उपस्थिती रहेको थियो ।
सप्तरी, सिराहा, धनुषा र महोत्तरी महासंघलाई दुई दिनअघि नै वितरण गरिसकिएको र बुधबार सर्लाही एवं रौतहट तथा विहिबार बारा र पर्सामा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्ने कार्यक्रम रहेको प्राधिकरण अध्यक्ष यादवले जानकारी दिए ।
केही दिनअघि मात्र अन्य विभिन्न संघ संगठनबाट प्राप्त भएको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएकाले प्रदेशको टोलीबाट प्राप्त उक्त सामग्री केही दिनपछि जिल्ला स्थित पत्रकारहरुलाई वितरण गरिने महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीले बताएका छन् ।
यता नेपाल पत्रकार महासंघ प्रदेश दुई समितिका अध्यक्ष राजेश कर्णले आफूहरुले पहल गरेपछि प्रदेश भरिका पत्रकरहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण सूरु भएको दाबी गरेका छन् । ‘हाँमीले केही समय अघि नै तत्काल स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका थियौं, सोही माग अनुसार प्रदेश सरकारबाट सो सामग्री प्राप्त भएको हो’, स्वास्थ्य सुरक्षा हस्तान्तरण कार्यक्रममा काम विशेषले आफू उपस्थित हुन नसकेको भन्दै अध्यक्ष कर्णले भने, ‘अब कोरोना कहरका कारण रोजगारी गुमाएका वा जीविका धान्न अप्mठयारोमा परेका पत्रकारलाई राहत सहयोग लगायत अन्य विभिन्न कार्यक्रम गर्न समेत हाँमीले प्रदेश सरकारलाई ज्ञापन पत्र मार्फत आग्रह गरेका थियौं, उक्त कामहरुपनि अबिलम्ब बढाउन आग्रह गर्दछ् ।’