logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा पनि पुर्व जनमुक्ति सेना र वाईसिएलले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए


  • उज्यालो अभियान

बागमतीको पुतली चोकमा पुत्ला दहन गर्दै प्रदर्शनकारी । (तस्बिर : सरिता/उज्यालो अभियान)

सरिता सापकोटा/बागमती – संसद विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र सम्बद्ध सर्लाहीमा पुर्व जनमुक्ति सेना नेपाल र योङ कम्युनिस्ट लिग (वाइसिएल)ले राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमनन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

संसद विघटन प्रकरण प्रधानमन्त्रीको गैर संवैधानिक कदम रहेको र यस्तो असंवैधानीक कदममा राष्ट्रपतिले समेत साथ दिएको भन्दै पुत्ला दहन तथा विरोध कार्यक्रम गरिएको पुर्व जनमुक्ती सेना नेपाल सर्लाहीका अध्यक्ष टंक बहादुर बोहरा (सितल)ले जनाकारी दिए । अध्यक्ष बोहराका अनुसार पुर्व जनमुक्ती सेना नेपालले आईतवार साँझ बागमती नगरपालिकाको पुतली चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

यसैविच केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा आईतवार साँझ योङ कम्युनिस्ट लिग (वाइसिएल) ले प्रधानमनन्त्री ओलीको पुत्ला दहन गरेको छ । योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज समीर बराइलीका अनुसार प्रधानमन्त्रीको कदम बिरुद्ध बिरोध कार्यक्रम गरिएको हो । ‘संसद विघटन प्रधानमन्त्रीको गैर संवैधानिक कदम हो’, उन्ले भने, ‘यो नसच्चिएसम्म जिल्लाभर हामी फेरि पनि विरोधका कार्यक्रम गर्छाैं ।’

उनका अनुसार जिल्लाका लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, मलंगवा, बरहथवा लगायत क्षेत्रमा स्थानीय कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । यो सगँ सगैँ जिल्लाभरी नै आगामी दिनमा पनि खबरदारी कार्यकम निरन्तर हुँदै जाने समेत उन्को भनाई छ । लालबन्दीमा भएको विरोध कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटी सदस्य लुमडीप्रसाद धिमाल(लोचन) लालबन्दी नगर कमिटी सचिव अर्जुन जर्गा लगाएतको उपस्थित रहेको थियो । अन्य स्थानमा भने वाईसीएल र विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।