logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीका मेयरलाई कोरोना संक्रमण


  • उज्यालो अभियान

मानबहादुर खड्का

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

ज्वरो आएर तीन दिनदेखि घरमै बसिरहेका मेयर खड्कालाई आज (बिहिवार) कोरोना संक्रमण पुष्टी भएको हो । एन्टिजेन विधीबाट खकारको नमूना परीक्षण गर्दा मेयर खड्कामा संक्रमण पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

लालबन्दी नगरपालिका वडा नं. ४, हरिभवनस्थित घरमै बसिरहेका मेयर खड्काले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको उज्यालो अभियानसँग बताए ।

आफूमा कोरोना संक्रमण पुष्टी भएपनि आज (बिहिवार) बिहानबाट ज्वरो भने कम हुँदै गएको मेयर खड्काले बताएका छन् । ज्वरो, घाँटी दुख्नेलगायत कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि मेयर खड्काले कोरोना परीक्षण गराउनु भएको थियो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै लालबन्दी नगरपालिकाले आफ्नो सेवाहरु भने गत मंगलवारबाटै बन्द गरिसकेको छ ।