logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमती नगरपालिका राजर्षि जनक कपको फाइनलमा, एपीएफ ४–० ले स्तब्ध


  • उज्यालो अभियान

नवराज अधिकारी,उज्यालो अभियान/बागमती – आयोजक बागमती नगरपालिका विभागिय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–० गोलले पराजित गर्दै ५ औँ राजर्षि जनक कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सर्लाहीको बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शनिवार आयोजित सेमिफाइनल खेलमा बागमतीले ए डिभिजनको विभागिय क्लब एपीएफलाई दबाबमा राखेर सहजै जित हाँसिल गरेको हो ।

बागमतीको जितमा चारवटै गोल बिदेशी खेलाडीले गरेका छन् । खेलको २२ औँ मिनेटमा स्टेफेन, २४ औँ मिनेटमा जाजा, ५५ औँ मिनेटमा म्याक्सवेल र इन्जुरी समयमा पुनः म्याक्सवेलले नै गोल गरे ।

जितसँगै बागमतीले फाइनलमा चैत ३० गते पिप्ले युवा क्लब हेटौंडासँगको भेट पक्का गरेको छ । शनिवारको खेलमा आयोजकका आयोजक बागमतीका स्टेफेन म्यान अफ दि म्याच बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आयोजक खेल जितेर फाइनलमा प्रवेश गर्दा दर्शकहरुले बाजागाजासहित उल्लास मनाएका थिए ।