logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समाजसेवी आचार्यद्वारा जन्मदिनमा विद्यालयलाई कम्प्यूटर प्रदान


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको ईश्वरपुर नगरपालिका भक्तिपुर निवासी समाजसेवी मनोज आचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा कम्प्युटर प्रदान गरेका छन् ।

समाजसेवी आचार्यले आइतवार आफ्नो ४४ औँ जन्मोत्सवको अवसरमा चन्द्रनगर गाँउपालिका भित्रका पाँचवटा आधारभूत तथा माध्यमिक विद्यालयमा १० थान कम्प्युटर प्रदान गरेका हुन् ।

चन्द्रनगर गाँउपालिका–६, कामदमा रहेको श्री मरिचमान सिंह माध्यमिक विद्यालयमा गरिएको कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा काँगे्रशका पूर्व जिल्ला सभापति सत्यदेव सिंह, गाँउपालिका अध्यक्षका प्रत्यासी लखिन्दर मुखिया र श्याम सिंहलगायतको उपस्थिती रहेको थियो ।

होली पर्वको शुभकामना आदानप्रदान र जन्मदिनको अवसरमा विद्यालयमा प्रविधिमैत्री पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले कम्प्युटर सहयोग गरेको समाजसेवी आचार्यले बताए ।