logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अविश्वासको प्रस्ताव खारेज भएपछि हरिपूर्वाका काँग्रेस सभापतिको पुन : पदस्थापन


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित काँग्रेसका नेताहरु ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा सुक्रवार नेपाली काँग्रेसका नगर सभापति नवीनकुमार रायको पद्स्थापन कार्यक्रम सम्पन्न भएको छ ।

रायविरुद्ध पार्टीकै स्थानीय नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पार्टीको केन्द्रीय समितिले अविश्वासको प्रस्ताव खारेज गरेपछि राय नै पुनः सभापति भई पद्स्थापन भएको हो ।

पद्स्थापनसँगै होली पर्वको समेत शुभकामना आदानप्रदान गरिएको काँग्रेस नेता कौशलकिशोर रायले जानकारी दिए । काँग्रेस क्षेत्र नं. २ प्रदेश (क) का सभापति सुरेश रायको अध्यक्षता एवं पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अर्का पूर्व पार्टी जिल्ला सभापति सत्यदेव सिंह दनुवार, जिल्ला उपसभापति रामवली राय, पूर्व उपसभापति विनोद खनाललगायतले मन्तव्य राखेका थिए ।

केन्द्रीय समितिले हरिपूर्वासहित बलरा नगरपालिका, कौडेना गाउँपालिका र कविलासी नगरपालिका–७ को समितिलाई नै निरन्तरता दिएको छ ।