मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा जारी खुल्ला टी–ट्वन्टी क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा वुधवार सनराइज मदनपुरलाई ५ विकेटले पराजित गर्दै लक्ष्मी दुई फाइनलमा प्रवेश गरेको छ ।
दुर्गा पूजा समिति जिल्ला विकास चोक मलंगवा–१० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस हारेर पहिले व्याटिङ गरेको मदनपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।
मदनपुरका लागि लाडला शेखले सर्बाधिक ४३ रन बनाए । लक्ष्मी दुईका लागि शिवम कुमारले सर्बाधिक ३ विकेट हात पारे । १ सय ६८ रनको लक्ष्य पच्छयाउन मैदान उत्रिएको लक्ष्मी दुईले १७ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल ग¥र्यो ।
लक्ष्मी दुईका लागि कन्हैया कुमारले सर्बाधिक ४६ रन बनाए । मदनपुरका लागि कादिर खानले सर्बाधिक ३ विकेट लिए । वुधवारको खेलको म्यान अफ द म्याच लक्ष्मी दुईका कन्हैयालाई प्रदान गरिएको छ । आयोजक समिति सदस्य समिर मिकरानीले कन्हैयालाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन् ।
प्रतियोगिताको उपाधिका लागि अब सुक्रवार (पर्सी) लक्ष्मी दुई र सर्लाही एकेडेमीले खेल्ने छन् । यसअघि मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा गढिमाई जमुनियालाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।