logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीबाट गाँजासहित नारायणखोलाका एक युवक पक्राउ


  • उज्यालो अभियान

गाँजासहित पक्राउ परेका युवकलाई सार्वजनिक गरिँदै ।

लालबन्दी – लालबन्दीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

सिन्धुलीको बरुणबाट लालबन्दी बजार आएको एक यात्रुबाहक बसमा सवार लालबन्दी नगरपालिका–१४, डाईनी खोलाका १९ वर्षीय सुवास मोक्तानको साथबाट गाँजा बरामद भएको हो । मोक्तानले जेब्रा झोलामा हालेर ल्याएको दुई किलो २०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा लालबन्दी प्रहरीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले बसलाई रोकेर चेकजाँच गर्दा गाँजा बरामद गरेको हो ।