logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवाकाे क्रिकेटमा पर्साद्वारा हरिपूर्वा पराजित


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आयोजित टि–ट्वान्टी खुल्ला त्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारकाे खेलमा पर्सा क्रिकेट टिम ४ रनले विजयी भएको छ ।

टस हारेर ब्याटिङ गरेको पर्सा क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमै सबै विकेट गुमाउँदै १ सय ३७ रन बनाएकाे थियाे । पर्साका लागि संजील दासले सर्वाधिक २७ रन बनाएका थिए । हरिपूर्वाका लागि कृष्णा यादवले सर्बाधिक ३ विकेट लिएका थिए ।

१ सय ३८ रनको लक्ष्य सहित मैदानमा उत्रिएकाे हरिपूर्वाका खेलाडीले सुरुवातदेखि नै राम्रो खेल खेल्न सकेका थिएनन् । पर्साको बलरका सामु हरिपूर्वाका खेलाडी निरिह देखिए । हरिपूर्वाले १९ औं ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएकाे थियाे । हरिपूर्वाका लागि रंजित यादवले सर्बाधिक १८ रन बनाएका थिए । हरिपूर्वालाई १ सय ३३ रनमै सिमित राख्ने क्रममा पर्साका संजय यादवले ३ विकेट हात पारेका थिए ।

खेलको म्यान अफ द म्याच पर्साका कमलेश यादवलाई प्रदान गरिएको छ । यादवले १८ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।

बिहीवार महाशिवरात्री भएकाले खेल नहुने आयोजक
दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा-१० का कोषाध्यक्ष साजन जयसवालले जानकारी दिएका छन् । शुक्रवारको खेल पर्सा संग्रामपुर बिरुद्ध गढीमाई जमुनिया बिच हुने कोषाध्यक्ष जयसवालले जानकारी दिए ।

फोटो क्याप्सन : म्यान अफ द म्याचको अवार्ड प्रदान गर्दै समितिका सदस्य समिर मिकरानी । (तस्बिर : सुनिल ठाकुर)