logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कार्यालय सहयोगीको निधनमा हरिपुर नगरपालिकामा आज शोक विदा


  • उज्यालो अभियान

हरिपुर – एक जना कार्यालय सहयोगीको निधनमा सर्लाहीको हरिपुर नगरपालिकाले आज (वुधवार) एक दिनका लागि शोक बिदा दिएको छ ।

वडा नं. ३, फरहदवामा रहेको वडा कार्यालयका सहयोगी वीरेन्द्र कुमार साहको निधनमा नगरपालिका, मातहतको कार्यालय तथा विद्यालयहरुमा बिदा दिइएको हो । नगरप्रमुख जमिरुदिन मन्सुरले एक सूचना निकालेर शोक विदा दिएका हुन् ।

सूचनामा शोक विदाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ । वडा कार्यालयका सहयोगी साहको राती २ बजेतिर अचानक निधन भएको नगर प्रमुख मन्सुरले जानकारी दिए ।