logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवाको क्रिकेटमा योङ स्टार विजयी


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मंगलबारदेखि सुरु भएको टि–ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताको पहिलो दिन अर्थात उद्घाटन खेलमा मलंगवाको योङ स्टार विजयी भएको छ ।

दुर्गा पुजा समिति जिल्ला विकास चोकले मलंगवा नगरपालिका–१० स्थित तीन बिघे मैदानमा आयोजना गरेको खेलमा योङ स्टारले २ विकेटले गम्हरिया क्रिकेट टिमलाई पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको गम्हरियाले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा अलआउट हुदैं १ सय ९ रन बनाएको थियो । १ सय १० रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रिएको स्टारले १४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।

प्रतियोगिता अन्तर्गत बुधबार हरिपूर्वा क्रिकेट टिम र कौडेना पर्साका बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव दिनेश यादवले जानकारी दिए । खेलको उद्घाटन मंगलबार नै जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी र मलंगवा नगरपालिकाका मेयर निरसल साहले संयुक्त रुपमा गरेका थिए । १५ दिनसम्म चल्ने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश ः एक लाख र ५० हजार नगदसहित कप, मेडल र प्रमाण पत्र हात पार्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट ब्याट्स म्यान, बलर, विकेट किपर र फिल्डरलाई चाँदीको मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।