logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा प्रम ओलीको पुत्ला जलाईयो


  • उज्यालो अभियान

विरोध कार्यक्रममा उपस्थित विद्यार्थीहरु । (तस्बिर : सामाजिक संजाल)

लालबन्दी – पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकको ढाड सेक्ने सहित अन्य विभिन्न प्रतिगामी कदम चालिएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

लालबन्दी स्थित जनज्योति क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्ग छेउमा नेविसंघमा आवद्ध विद्यार्थीहरुले बुधबार दिउँसो सरकारविरुद्ध चर्को नाराबाजी सहित प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जलाएका हुन् । नेविसंघका नेता युवराज देवकोटाका अनुसार केन्द्रीय कार्यक्रम अन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बैतडीमा कांग्रेस नेता एनपी साउद उपस्थित कार्यक्रममा नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको घटनामा विरोध जनाउँदै प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको हो ।

सत्ताको आडमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्ने, पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने, संसद् विघटन जस्तो प्रतिगामी कदम चाल्ने लगायत प्रम ओलीको विरोध गर्दै पुत्ला दहन गरिएको विद्यार्थीहरुले बताएका छन् । प्रत्येक पेट्रोलियम पदार्थको मूल्य गएरातीबाट बढाइएको थियो । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको ६७ रुपैयाँ कायम गरिएको छ ।