लालबन्दी – राष्ट्रिय शक्ति नेपाल अभियान अन्तर्गत सोमबार महिला कार्य समिति गठन गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ डाँडाटोलमा भएको बैठकमा २५ सदस्यीय कार्य समिति गठन गरिएको हो । राजसंस्था स्थापना गर्नुपर्ने तथा संघियता खारेजको माग गर्दै हिन्दु राज्य स्थापनाको परिकल्पनाका साथ हाल देशैभरी राष्ट्रीय शक्ति नेपाल अभियान चलिरहेको छ ।
निर्मला बराल अध्यक्ष रहने गरी गठन गरिएको २५ सदस्यीय समितिमा गंगा शाहि ठकुरी उपाध्यक्ष, पार्वती दाहाल सचिव, कविता खड्का कोषाध्यक्ष तथा सदस्यमा सँस्कृति भट्ट लगाएतका पदाधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यक्रममा जिल्ला कार्य समितिका अध्यक्ष प्रकाश भट्टको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि अन्जु कुमारी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । जिल्लाका अन्य स्थानमा पनि यस्ता समितिहरु गठन गरिने आयोजकले जनाएका छन् ।