कार्यक्रममा विघटित संघीय सांसद् एवं पूर्व मन्त्री महेन्द्र राय, विघटित संघीय सांसद् प्रमोद साह लगायत जसपाका नेताहरु । (तस्बिर : सामाजिक संजाल)
मलंगवा – मधेश आन्दोलनका शहिदहरुको सम्झनामा बुधबार सर्लाहीको मलगंवा नगरपालिकामा कार्यक्रम गरिएको छ ।
शहिद परिवार तथा घाईते हकहित संघर्ष समितिको आयोजनामा मलगंवा नगरपालिकाको शहिद चोकमा कार्यक्रम गरिएको थियो । १४ औं बलिदानी दिवसको सम्झनामा आयोजना गरिएको कार्यक्रममा शहिद परिवारकी शकुन्तला देवीको अध्यक्षता तथा विघटित संघीय सांसद् महेन्द्र रायको प्रमुख आतिथ्यता तथा विघटित संघीय सांसद् प्रमोद साहको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष विरेन्द्र कुमार यादव, जसपाका केन्द्रीय सदस्य बलबहादुर लामा, नेतृ किरण देवी, कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर राय यादव, कृष्णकुमार यादव, सुशिला कुमारी यादव लगायतको उपस्थिती रहेको कार्यक्रमका संचालक जसपाका जिल्ला सचिव जवाहर लाल रायले बताए । कार्यक्रममा सर्लाही सहित रौतहट, धनुषा, महोत्तरीका समेत शहिद परिवारको उपस्थिती रहेको थियो ।