logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस भातृसंस्थाले गरे मलंगवामा विरोध प्रदर्शन


  • उज्यालो अभियान

सोमबार मलंगवामा विरोध प्रदर्शन गर्दै नेविसंघका विद्यार्थीहरु । (तस्बिर : सामाजिक संजाल)

मलंगवा – नेपाली कांग्रेसका १३ वटा भातृ संगठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेका छन् ।

कार्यक्रम अन्र्तगत सोमबार सर्लाहीको मलगंवा नगरपालिका अन्तर्गत शहिद चोकमा विरोध सभा भएको हो । मालपोत कार्यालय नजिक रहेको पार्टी कार्यालयबाट सूरु भएको विरोध जुलुस शहिद चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । कार्यक्रम नेपाल तरुण दलका जिल्ला अध्यक्ष सूर्यनारायण रायको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका नेता युवराज देवकोटाको संञ्चालन रहेको थियो । प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्य जंगीलाल राय र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला उपाध्यक्षद्वय सुरेन्द्र प्रसाद सिंह र रामबलि राय, पूर्व जिल्ला सभापति लक्ष्मण राय र महेन्द्र साह, मलगंवा नगरपालिकाका नगर समिति सभापति चन्द्रकिशोर साह लगायत कांग्रेसका नेता कार्यकर्ताहरुकोे सहभागिता रहेको थियो ।

नेपाली कांगे्रसको १३ वटै भातृ संगठनका प्रतिनिधिहरुले प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन गर्ने निर्णय गैर संवैधानिक भएकाले यस निर्णयलाई खारेज गरेर संसद् पुनःस्थापना गर्नुपर्ने धारणा राखेका कार्यक्रम संञ्चालक युवराज देवकोटाले जानकारी दिए । आईतबार विज्ञप्ति निकाल्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।