ईश्वरपुर – ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सञ्चालन हुने समुन्नति कार्यक्रमको बजेट सार्वजनिक गरेको छ ।
संघले आईतबार ईश्वरपुर नगरपालिका कार्यालयको सभाहलमा सन २०२१ को कार्यक्रम र बजेट सार्वजनिक गर्दै बर्षको सुरुवाति बैठक सम्पन्न गरेको हो । उक्त कार्यक्रम ईश्वरपुर नगरपालिकामा हुँदैछ । नगर प्रमुख मनोज देवकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख एकावती चौधरीको विशिष्ट आतिथ्यता एवं कार्यपालिका सदस्य सहित वडाअध्यक्षहरु, सेभ द चिल्ड्रेनका परमानन्द मंडल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम संयोजक राम बाबू शाहका अनुसार दुई करोड १७ लाख अठ्ठाईस हजार ७१९ रुपैंयाको बजेट सार्वजनिक गरिएको हो ।