logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बहुजनको वडा कमिटी गठन


  • उज्यालो अभियान

पर्सा – सर्लाहीको पर्सा गाँउपालिकामा बहुजन समाज परिषद् नेपालको वडा कमिटी गठन गरिएको छ ।

गाँउपालिकाको वडा नं ३ मा आयोजना गरिएको भेलाले लालबाबु राम अध्यक्ष रहने गरी २५ सदस्यीय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा जोगेन्द्र पासवान, कोषाध्यक्षमा फुलोदेवी, सचिवमा लालबाबु महरा तथा सह–सचिवमा मिथिलेस पासवान लगायतका पदाधिकारी रहनेगरी सर्वसम्मत रुपमा वडा कमिटी गठन गरिएको छ ।

परिषद्का पर्सा गाँउपालिकाका अध्यक्ष बिकाउ महराको अध्यक्षतामा भएको भेलामा परिषद्का जिल्ला सदस्य बिन्दीलाल महराको प्रमुख आतिथ्यता रहेको बहुजन समाज परिषद्का वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रमुख प्रभारी राजाराम पासवानले जानकारी दिए । यस अघि बहुजन समाज परिषद्ले सर्लाहीको ईश्वरपुर, हरिपुर,हरिपूर्वा, कविलासी, मलंगवा नगरपालिका तथा चन्द्रनगर, पर्सा, बसबरिया, ब्रम्हपुरी र रामनगर गाँउपालिकालगायतका दश वटा पालिकाहरुका सबै वडाहरुमा वडा कमिटी गठन गरिसकेको राष्ट्रिय प्रमुख प्रभारी पासवानले जानकारी दिए ।