लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा सँस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सँस्कृत विद्यालय सञ्चालनको तयारी भएको छ ।
लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दीर प्रांगणमा नवनिर्मित राधाकृष्ण धर्मशालामा सोमबार सम्पन्न सरोकारवालाहरुको आम भेलाले संस्कृत गुरुकुल सञ्चालन गर्ने निर्णय गरेको हो । श्रीमद् भागवत प्रचार प्रसार संघको आयोजनामा भएको भेलामा नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरका प्रतिनिधि ध्यान गुरु विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष पण्डित नारायण शरण काफ्लेको अध्यक्षता रहेको थियो ।
भेलाले सोमबारबाटै विद्यार्थी भर्ना सुरु गर्नेे र फागुन १ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । गुरुकुलमा निःशुल्क रुपमा खाने बस्ने तथा पठनपाठनको व्यवस्था गरिएको र नयाँ शैक्षिक शत्रबाट कक्षागत रुपमा पढाउन शुरु गरिने प्रचार प्रसार संघका सचिव माधव खरेलले जानकारी दिए ।