logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नेकपा विवाद : प्रचण्ड–नेपाल गुटका २१ सय नेता कार्यकर्ता काठमाडौं गए


  • उज्यालो अभियान

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुुष्पकमल दाहाल (प्रचण्ड)–माधव कुमार नेपाल गुटको आमसभामा सहभागि हुन सर्लाहीबाट २१ सय नेता कार्यकर्ता काठमाडौं गएको दाबी गरिएको छ ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले सर्लाहीबाट २१ सय जना नेता कार्यकर्ता काठमाडौं आएको दाबी गरे । ‘सर्लाहीको भागमा १५ सय जना थियो’, अध्यक्ष पन्तले शुक्रबार मध्यान्ह टेलिफोनमा कुरा गर्दै उज्यालो अभियानलाई भने, ‘तर २१ सय जना नेता कार्यकर्ता आउनु भएको छ, आज बिहानको खाना खाने ठाउँमा गन्ती हुँदा त्यति जना आएको देखियो ।’

पन्तका अनुसार ३९ वटा बस, ९ वटा रेञ्जर, २१ वटा टाटसुमो तथा स्कर्पीओ मार्फत सर्लाहीबाट नेता कार्यकर्ता काठमाडौं गएका छन् । नेकपा प्रचण्ड–नेपाल गुटले आज (शुक्रबार) दिउँसो काठमाडौंमा विशाल शक्ति प्रदर्शन सहित आमसभा गर्दैछ ।

सर्लाहीबाट नेताहरुले ठूलो शक्ति देखाउनका लागि जसरी पनि जानुपर्छ भन्दै कार्यकर्ताहरुलाई काठमाडौं जानका लागि दबाव दिएको बताईएको छ ।