logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सदरमुकाम मलंगवामा जसपाको विरोध सभामा हजारौं सहभागि


  • उज्यालो अभियान

विरोध सभामा उपस्थित नेताहरु । (तस्बिर : उज्यालो अभियान)
विरोध सभामा उपस्थित महिलाहरु। (तस्बिर : उज्यालो अभियान)

मलंगवा – प्रधानमन्त्री केपी ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संघीय संसद्र विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले अहिले दिउँसो सदरमुकाम मलंगवामा विरोध सभा गरिरहेको छ ।

जिल्ला समन्वय समितिको तिन विघे मैदानमा आयोजित विरोध समालाई सम्बोधन गर्न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, पूर्व मन्त्री महेन्द्र राय, कार्यकारिणी सदस्य चन्दा चौधरी, प्रदेश दुई सरकारका उद्योग, वन वातावारण तथा पर्यटन मन्त्री एवं जसपा नेता रामनरेश राय, प्रदेश सांसद् अशोककुमार यादव लगायतको उपस्थिती रहेको छ । जसपाका केन्द्रीय सदस्य डा. अब्दुल रहिम मिकरानीको अध्यक्षता रहेको सभामा हजारौं सर्बसाधारणहरुको सहभागिता रहेको छ ।

चार नेताले गरे मञ्च बहिष्कार

विरोधसभामा मञ्च बहिष्कार गरेर दर्शक दिर्घाकै बिचमा बसेका जसपाका नेताहरु प्रमोद साह (दायाँ) र प्रदेश सांसद् संजय यादव (कालो घेरामा) । (तस्बिर : उज्यालो अभियान)

यसैबीच सभामा मर्यादाक्रम नमिलाएको भन्दै जसपाका नेता एवं विघटिन प्रतिनिधि सभाका सांसद् प्रमोद साह, केन्द्रीय सदस्य अशोक सिंह कोईरी, प्रदेश सांसद्द्वय संजय यादव र मिरा साहले भने विरोध सभाको मञ्च बहिष्कार गरेका छन् । उनीहरु चारैजनालाई मञ्चमा आशन ग्रहण गर्न बोलाईए पनि तल दर्शक दिर्घामै बसिरहेका छन् ।