logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नेकपाकै जिल्ला इन्चार्ज, अध्यक्ष लगायतले देखाए उपप्रधामन्त्री पोखरेललाई कालो झण्डा


  • उज्यालो अभियान

हरिवनबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा जाने क्रममा उपप्रधानमन्त्री पोखरेल सहित मन्त्रीहरुलाई कालो झण्डा देखाउन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा उभिएका प्रचण्ड–नेपाल समूहका नेकपा कार्यकर्ता । (तस्बिर : उज्यालो अभियान)
सदरमुकाम मलंगवा स्थित शिवशागर चोकमा उपप्रधानमन्त्री पोखरेल, मन्त्रीहरु लगायतलाई कालो भण्डा देखाईँदै । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – नेपाल सरकारका उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिला श्रेष्ठ लगायतलाई मंगलबार दिउँसो कालो झण्डा देखाईएको छ ।

सदरमुकाम मलंगवामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोखरेल नेतृत्वको मन्त्रीहरुको टोलीलाई पूर्व-पश्चिम राजमार्गस्थित नवलपुर चोकमा नेकपाका जिल्ला ईन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी लगायत नेतृत्वको समूहले कालो झण्डा देखाएको हो । नवलपुरमा प्रचण्ड–नेपाल समूहका युवा, विद्यार्थी नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

निर्वाचन आयोगले सर्बोच्चको फैसला नकुर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलको ठोकुवा-‘तोकिएकै मितिमा निर्वाचन हुन्छ’

संसद् विघटन गैर सम्बैधानिक भएको र सो कदमको पक्षमा लागेका सरकारी मन्त्रीहरुलाई विरोध स्वरुप कालो झण्डा देखाईएको अध्यक्ष पन्तले जानकारी दिए । संसद् पुनस्र्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाई थियो ।

हरिवनमा एकैदिन नेकपा दुई गुटको भेला, कार्यकर्ता तानातानमा प्रतिष्पर्धा

त्यस्तै सदरमुकाम मलंगवा स्थित शिवशागर चोकमा पनि उपप्रधानमन्त्री पोखरेल नेतृत्वको टोलीलाई कालो झण्डा देखाईएको छ । सदरमुकाम मलंगवा जाँदै गर्दा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको भएपनि विरोधीहरुले शिवशागर चोकमा कालो झण्डा देखाउन सफल भएका छन् ।