राहत सामग्री दिँदै कांग्रेस नेताहरु न्यौपाने, राजभण्डारी लगायत । (तस्बिर : उज्यालो अभियान)
हरिवन – हरिवन नगरपालिकामा नेपाली कांग्रेसका नेताहरुले विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
नेपाली कांग्रेस वित्त तथा सहकारी संस्था समन्वय विभागका केन्द्रीय सदस्य रामहरि न्यौपाने, हरिवन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी दिलिप राज भण्डारी लगायतले विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । तीन विपन्न परिवारलाई चामल लगायत खाद्यान्न तथा नगद एक–एक हजार रुपैँया सहयोग गरिएको कांग्रेस हविनका युवा नेता युगल सुवेदी(जीवन) ले जानकारी दिए ।
हरिवन नगरपालिका–८ चापिनी जिमदार चोक स्थित राहत सामग्री वितरण कार्यक्रममा कांग्रेस हरिवन नगरपालिकाका उपसभापति डाकुरनाथ खतिवडा, कांग्रेस हरिवन–८ का सभापति रमेश भट्टराई, स्थानीय कांग्रेस नेताहरु कृष्ण प्रसाद भट्टराई, नारायण हरि भट्टराई, हरि प्रसाद सुवेदी, गोपाल महत, युवाहरु विनोद महत, निमा भ्लोन, कृष्ण जिम्बा, रन्जित थापा, गणेश भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
कांग्रेसका युवा नेता सुवेदीका अनुसार चापिनी तामाङ टोल निवासी संग्राम सिंह भ्लोन, मान बाहादुर घलान र पदम बलको परिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको हो ।