logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कविलासीको आधारभूत विद्यालयमा छात्रावृत्ति वितरण


  • उज्यालो अभियान

k|d'v k|zf;lso clws[t sfof{nodf gcfPkl5 ;'g;fg ag]sf] ;nf{xLsf] sljnf;L gu/kflnsfsf] sfof{no . tl:j/ M cf]dk|sfz 7fs'/÷sflGtk'/

कविलासी – सर्लाहीको कविलासी नगरपालिका ८ मा रहेको जनता आधारभूत विद्यालयका छात्रा र दलित विद्यार्थीलाई बिहिवार छात्रावृत्ति वितरण गरिएको छ ।

छात्रा र दलित गरी १३१ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँका दरले छात्रावृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक एवं नगर शिक्षा समितिका सदस्य भाग्यनारायण मिश्रले जानकारी दिए । छात्रावृत्ति वितरण कार्यक्रममा वडाध्यक्ष वीरेन्द्र प्रसाद साह, व्यवस्थापन समितिका अध्यक्ष सोगारथ दुसाद, प्रधानाध्यापक मिश्र, नगर शिक्षा शाखाका रामवचन राय, प्रावि वीरनगराका प्रधानाध्यापक रामएकवाल राय, मावि पिपरीयाका प्रधानाध्यापक बद्रिनारायण मिश्र लगायतको उपस्थिति थियो ।


नगरपालिका भरी अहिले यो विद्यालयमा मात्रै व्यवस्थापन समिति रहेको छ । यो विद्यालयमा पुस १२ गते व्यवस्थापन समिति चयन भएको हो ।