हरिवन – हरिवनमा रहेको मालपोत कार्यालयबाट केही बेरअघि नायब सुब्बा बेधनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुससहित पक्राउ परेका छन् ।
लालपूर्जामा नाम सच्याउने प्रयोजनमा सेवाग्राहीसँग ११ हजार रुपैयाँ लिएको घुस रकमसहित उनीहरु दुई पक्राउ परेका हुन् ।
दुवैलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लाने तयारी अख्तियारले गरिरहेको छ ।