¥याली पश्चात लालबन्दीको पश्चिम बसपार्कमा भेला भएकाहरु । (तस्बिर : उज्यालो अभियान)


लालबन्दी – लालबन्दी नगरपालिका क्षेत्रमा मापदण्ड विपरित भइरहेको खोलाहरुको उत्खनन् र वन अतिक्रमणविरुद्ध आईतवार साँझ पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा स्थानीयले नाराबाजी गरेका छन् ।


चुरे तथा वन जंगल संरक्षण अभियान सर्लाहीले मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन् र मनपरी भइरहेको वन क्षेत्रको अतिक्रमण रोक्न माग गर्दै नाराबाजी गरेको हो । अभियानका केन्द्रिय संयोजक सुनिल यादव, सर्लाही संयोजक सुनिल कुमार साह लगायतको उपस्थितिमा निकालिएको र्यालीका सहभागीहरुले नगर प्रमुख मानबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रदेश २ का वनमन्त्री रामनरेश राय लगायतविरुद्ध नारा लगाएका थिए ।
मापदण्ड विपरित खन्दा लखन्देही खोलामा घर डुब्ने खाडल
चुरे तथा वन जंगल संरक्षण अभियानले केही दिनअघि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै लालबन्दीस्थित लखन्देही खोलासँगै बागमती र बाँके खोलामा भइरहेको मापदण्ड विपरीतको उत्खनन् रोक्न माग गरेको थियो ।
