वितरणका लागि तयार पारिएको राहत सामग्री ।
रामनगर – सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिका खैर्बामा शनिवार २२५ अतिविपन्न दलित परिवारलाई राहत वितरण गरिएको छ ।
चुजी फाउण्डेसन र दलित सरोकार मंच सप्तरीको सहयोगमा आर्थिक अवस्था कमजोर रहेका दलित परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक परिवारलाई २५ किलो चामल, १० किलो पिठो, एक किलो दाल, एक किलो नुन, एक किलो चना र चारथान साबुन प्रदान गरिएको दलित अधिकारकर्मी राजाराम पासवानले जानकारी दिए ।
यसअघि बरहथवा र लक्ष्मीपुर कोद्राहमा पनि यस्तै प्रकारको राहत सामग्री वितरण गरेको थियो ।