नेकपामा प्रवेश गरेपछि बुधबार वीरगंजमा नेकपाका महासचिव एवं अर्थ मन्त्री पौडेलसँग तस्बिर खिचाउँदै चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोते (दायाँ) ।


हरिवन – नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।


बुधबार वीरगंजमा नेकपाको प्रधानमन्त्री केपी ओली समूहले गरेको प्रदेश नम्बर दुई स्तरीय भेलामा पोते नेकपा प्रवेश गरेका हुन् । पोतेलाई नेकपाका महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेलले अबिर लगाएर खादा ओडाउँदै स्वागत गरेका थिए । यसअघि नेपाली कांग्रेसमा आवद्ध पोतेले आफू नेकपामा प्रवेश गरेको उज्यालो अभियानलाई बताए ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको सकृयतामा पोते नेकपामा प्रवेश गरेका हुन् । हरिवनका प्रतिष्ठित व्यापारी पोते चण्डेश्वरी कपडा पसल, चण्डेश्वरी टे«डर्स लगायतका संचालक हुन् ।
