logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आफ्नै सरकार विरुद्ध मलंगवामा विरोध प्रदर्शन गर्दै नेकपाका नेता कार्यकर्ता


  • उज्यालो अभियान

मलंगवा – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीका नेता कार्यकर्ताले आज(मंगलबार) दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दैछन् । नेकपा सर्लाही जिल्ला कमिटीको आयोजनामा विरोध प्रदर्शन हुन लागेको हो ।

प्रधानमन्त्री केपी ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि सत्ताधारी नेकपा फूटको संघारमा पुगेको छ । प्रथम अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड समूहले एक अर्कालाई कार्बाही गर्ने, छुट्टाछुट्टै बैठक भेला गर्ने लगायत गतिविधी तिब्र बनाएका छन् ।

प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको सिफारिस असंवैधानिक एवं राष्ट्रघाती भएको भन्दै प्रचण्ड–माकुने–खनाल समूह विरोध प्रदर्शनमा उत्रेको हो । सर्लाहीमा प्रचण्ड–नेपाल–खनाल समूहका नेता कार्यकर्ताहरुले आज दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्न लागेका हुन् । मलंगवा स्थित पब्लिक स्कूलबाट सूरु हुने जुलुस जिविस चोकमा आएर विरोध सभामा परिणत हुने नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए ।

यो पनि पढ्नोस्

संसद् विघटन प्रकरणले जुटायो, एकअर्कालाई देखि नसहने सर्लाही नेकपाका नेताहरुलाई

सर्लाहीमा नेकपाका स्थानीय तह प्रमुखहरु कुुुन-कुन खेमामा ?

विरोध प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामेश्वर राय यादव, लक्ष्मण पौडेल, अच्युतम काफ्ले, जिल्ला ईन्चार्ज समेत रहेका डाचाराज वाग्ले, सचिव कमल बुढाथोकी, नेताहरु सुरेन्द्र लामा, विदुर प्याकुरेल, चूडामणि वाग्ले, प्रदेश सांसद्द्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली लगायतका नेता सहित नेता कार्यकर्ताको सहभागिता हुने अध्यक्ष पन्तको दाबी छ । गत आईतबार नेकपा जिल्ला कमिटीले मूर्तियामा आयोजना गरेको भेलाले आज सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।