logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

३८० परिवारलाई न्यानो कपडा प्रदान


  • उज्यालो अभियान

वितरण गरिएको ब्लांकेट सहित स्थानीय महिलाहरु ।

भक्तिपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका-१ चौलिखामा शनिबार ३८२ परिवारलाई कम्बल तथा ज्याकेट प्रदान गरिएको छ ।

काठमाडौंमा रहेको दौतरी नेपाल नामक संस्थाले चिसोबाट प्रभावित अति विपन्न परिवारलाई न्यानो कपडा प्रदान गरेको हो । अभिवक्ता राधिका खतिवडाले काठमाडौँदेखि चाैलिखासम्म न्यानो कपडा ल्याउन समन्वय गरेकी थिईन् ।

सम्पन्न स्थापितको अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा नेकपा नेताहरु चूडामणि वाग्ले, विदुर कुमार प्याकुरेल, रन्जना सरकार, विभा नेपाल, वडाध्यक्ष दुःखा महतो लगायतको उपस्थिति थियो ।