logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको तापक्रम आज फेरि घट्यो, हुस्सु हटेर घाम लाग्दै


  • उज्यालो अभियान

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको तापक्रम आज बिहान फेरि घटेको छ ।

एक हप्तासम्म बिहानपख ९ डिग्री सेल्सीयस मापन गरिएको यहाँको न्यूनतम तापक्रम आज घटेर ८ डिग्री सेल्सीयस मापन गरिएको हो । यसअघि पुस ३, ४ र ५ गते तिन दिन जिल्लाको तापक्रम यस वर्षकै सबै भन्दा कम ७ डिग्री सेल्सीयस मापन गरिएको थियो । त्यहाँ देखिभने बिहानैदेखि घाम लाग्दा तापक्रम केही बढेको थियो ।

आज पनि बिहान जिल्लाभर नै हुस्सु लागेपनि अहिले सबै क्षेत्रमा पारिलो घाम लागिरहेको छ । तर बिहान बेलुका र रातको कठ्यांग्रिदो चिसोले जनजीवन प्रभावित भइनै रहेको छ ।

चिसो छल्न आगो बालेर ताप्नु पर्ने र पराल ओछ्याएर सुत्नुपर्ने धेरै अति विपन्न तथा दलित परिवार चिसोमा कठ्यांग्रिरहेका छन् ।