logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

साना किसान जब्दीको २६ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४ जब्दी हरिभवनमा रहेको साना किसान कृषि सहकारी संस्थाको शुक्रवार २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दशरथ चौधरीको अध्यक्षता एवं लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । संस्थाले कोरोना भाईरसको संक्रमणकै बीच पनि गत आर्थिक वर्ष २०७६÷०७७ मा ८१ लाख २१ हजार ९३६ रुपैयाँ ५८ पैसा खुद मुनाफा गरेको साधारण सभामा जानकारी गराइएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सोमप्रसाद बराल, वडा नं. ३ का वडाध्यक्ष रामनारायण चौधरी लगायतको आतिथ्यता रहेको थियो ।