फाइल तस्बिर ।


मलंगवा – सर्लाही सदरमुकाम मलंंगवा स्थित एक प्लाई उद्याेगमा आगलागी भएकाे छ ।



मलंगवा नगरपालिका-४ शिवसागर चोक स्थित जय बजरंग प्लाई इन्डष्ट्रिमा बुधबार साँझ भिषण आगलागी भएको हाे । साँझ ७ बजे तिरबाट सुरु भएको आगो राती साँढे ८ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

प्लाई बनाउने मेशिन स्थलबाट सुरु भएकाे आगाेले उपकरणहरु र कच्चा पदार्थ जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । मलंगवा नगरपालिकाकाे दमकल नभएकाले हरिवन नगरपालिकाकाे दमकल पुगेर आगाे नियन्त्रणमा लिएकाे थियाे । मलंगवाकाे दमकल बिग्रेर बनाउनका लागि केही दिनअघि नै वीरगंज पठाईएकाे बताईएकाे छ ।
हरिवनकाे दमकलसँगै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा मिलेर आगाे नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएपनि राती अबेर याे समाचार तयार पार्दा सम्म क्षतिकाे एकिन तथ्यांक भने आईनसकेकाे प्रहरीले जनायाे ।