चिसो छल्न आगो बालेर तापी रहेका सर्लाही बागमतीका स्थानीय । (तस्बिर : घनश्याम बलम्पाकी)




लालबन्दी – सर्लाहीको तापक्रम आज (मंगलवार) जाडो सुरु भएयताकै कम मापन गरिएको छ ।

मंगलवार बिहान ७ बजे जिल्लाको तापक्रम ९ डिग्र्री सेल्सियस मापन गरिएको थियो । सोमवार यसै समयमा जिल्लाको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको थियो । तापक्रम घटेकाले स्थानीय वासिन्दाले अन्य दिनहरुको तुलनामा मंगलवार बिहान बढी चिसो महसुस गरेका छन् ।
जिल्लाभर मंगलवार बिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा चलिरहेको छ । दिनहुँ बढ्दो चिसोले गरिब, अति विपन्न, मजदुर, किसान र पिछडिएका दलित परिवार अति नै प्रभावित भइरहेका छन् ।