logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा भएका छ्ट्टाछुट्टै सबारी दुर्घटनामा तीनजना घाईते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीका विभिन्न स्थानमा शनिबार साँझ र राती भएका छुट्टाछुट्ट सबारी दुर्घटनामा तीनजना घाईते भएका छन् ।

हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना. १ ह ५१४१ नम्बरको अटोलाई सोही दिशातर्फ जाँदै गरेको ना. ६ ख ७९२९ नंम्बरको सिमेन्ट बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा अटोमा सवार हरिवन–८ बस्ने ३७ वर्षीय कृष्ण बहादुर राई घाईते भएको छन् । राती साँढे ९ बजेतिर भएको दुर्घटनामा टाउको र खुट्टामा चोट लागी घाईते राईलाई नमुना अस्पताल उपचार गरिएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

त्यसैगरी जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिका–१ सेखौनामा साँझ साँढे ५ बजे भारतीय ……….. नम्बरको कारले ठक्कर दिँदा एकजना पैदल यात्री घाईते भएका छन् । नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत गडहियाबाट बरहथवातर्फ आउँदै गरेको कारले ठक्कर दिँदा गोडैता नगरपालिका–५ रामबन निवासी ५५ वर्षीय बिरा साह घाईते भएका हुन् । उनलाई एडभान्स संजिवनी अस्पताल बरहथवामा उपचार गराईएको र कार एवं कार चालक बरहथवा नगरपालिका–१२ लौकट निवासी ३० वर्षीय रामबाबु मालीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार साँझ साँढे ६ बजे हरिवन नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको बा.९८ प ५०८४ नम्बरको मोटरसाईकलले विपरित दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री बागमती नगरपालिका–९ निवासी ४५ वर्षीय सत्य नारायण राम सामान्य घाईते भएका छन् । घाईते रामलाई हरिवन स्थित स्वाभिमान अस्पताल एवं सामान्य घाईते मोटरसाईकल चालक २४ वर्षीय मिङमा थिङ र मोटरसाईकलको पछाडी सबार २० वर्षीय निरेश ब्लोनलाई नमूना अस्पतालमा उपचार गराईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय जिल्लामा सबारी दुर्घटना अत्यधिक वृद्धि भईरहेको छ । पूर्व–पश्चिम राजमार्ग बाहेक भित्री सडकखण्डहरुमा समेत कालेपत्रे भएपछि मोटरसाईकल लगाएत सबारी साधनहरु तिब्रगतीमा दौडाईंदा दुर्घटना बढ्ने गरेको प्रहरीले जनाएको छ ।