घुर्कौली बाल गृहका बालबालिकालाई शैक्षिक सामग्री वितरणपछि सामूहिक तस्बिर खिचाउँदै बख्रेल दम्पत्ति ।




लालबन्दी – एक नवविवाहित दम्पत्तिले सर्लाहीको घुर्कौली र सुखेपोखरी बाल गृहमा आश्रय लिएर बसिरहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

मंसिर १६ गते वैवाहिक वन्धनमा बाँधिएका लालबन्दी नगरपालिका–९, बस्तीपुर निवासी मनोज बख्रेल र उनकी पत्नी सिर्जना बस्नेत बख्रेलले घुर्कौलीस्थित द्वन्द्वपीडित बाल गृहका ४५ जना र सुखेपोखरीस्थित सर्भिस फर पिस नेपालद्वारा सञ्चालित बाल गृहका २० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । सुक्रवार साँझ दुवै बाल गृहमा पुगेर त्यहाँ बसेर अध्ययरत बालबालिकालाई कापी, डटपेन र सिसाकलम हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता समेत रहेका बख्रेलले बताए ।
बख्रेल दम्पत्तिले प्रत्येक वर्ष वैवाहिक वर्षगाँठमा सिर्जनात्मकताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई अझै व्यवस्थित गर्ने र सर्लाही साहित्य समाजसँग समन्वय गरी वर्षैपिच्छे महिला सिर्जनात्मक सिर्जना वर्ष साहित्य पुरस्कार घोषणा गर्ने बताएका छन् ।