logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईन्दुशंकरले गर्यो डोंगा पूजा


  • उज्यालो अभियान

पूजाका क्रममा डोंगामा उखु हाल्दै उद्योगपति, कर्मचारी, मजदुर, किसान नेताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले शुक्रबार डोंगा पूजा गरेको छ ।

चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि शुक्रबार डोंगा पूजा गरेर साईत जुराईएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । बिहान सबा ११ बजेको साईतमा डोंगा पूजा गरिएको हो ।

पूजामा उद्योगका सञ्चालक राजेश केडिया, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, उखु किसान नेताहरु राजकुमार उप्रेती, नेपाली कांग्रेस हरिवन सभापति रामशरण उप्रेती, उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल लगायत दर्जनौं किसानहरुको सहभागिता रहेको थियो । सरकारले उखुको मुल्य तोक्ने वितिकै उद्योग सञ्चालनमा ल्याईने उद्योग व्यवस्थापनले जनाएको छ ।

गतवर्ष २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको ईन्दुशंकरले यसवर्ष २० लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेको छ । उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले यसवर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको ५४४ रुपैंया दिन सिफारिस गरेको छ । किसान नेताहरुले भने उक्त मुल्य मान्य नहुने बताउँदै आएका छन् ।