logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वडाध्यक्षका प्रत्यासीसहित डेढ सय जना कांग्रेसमा प्रवेश


  • उज्यालो अभियान

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै कांग्रेस नेताहरु ।

गोडैता – सर्लाहीको गोडैतामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का वडाध्यक्षको प्रत्यासीसहित १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गोडैता नगरपालिका १० र ११ सिसौटियामा वडाध्यक्षका प्रत्यासी तुलसी साहसहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका पार्टीका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले जानकारी दिए । नव प्रवेशीहरुलाई कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य सिंह र उपेन्द्र कुशवाहा, पूर्व सभासद् जंगिलाल राय लगायतले हिजो (बिहिवार) पार्टीमा प्रवेश गराएका हुन् ।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने क्षेत्र नं. ४ मा कांग्रेसले अभियान नै चलाएर अन्य पार्टीका कार्यकर्तालाई धमाधम आफ्नो पार्टीमा भित्याईरहेको छ ।