



लालबन्दी – विश्व मानव अधिकार दिवसको पूर्व सन्ध्यामा एमनेष्टी इन्टरनेशल समूह ७८ लालबन्दीले मंगलबार महिला अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

समूहका संयोजक सुशील कुमार थपलियाको अध्यक्षता एवं मानव अधिकारकर्मी सुशील शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोशी, महिला सञ्जाल लालबन्दीकी अध्यक्ष शारदा बान्तवा, बाल संरक्षण संस्थाकी अनिता चौधरी, शिक्षक चेतबहादुर मगर लगायतले मन्तव्य राखेका थिए ।