logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जन्ती बोकेको ट्रकबाट खसेर किशोर गम्भीर घाईते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

नयाँरोड – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोडमा जन्ती बोकेर हिँडेको ट्रकबाट खसेर एक किशोर गम्भीर घाईते भएका छन् ।

विवाहमा जन्ती बोकेर हिँडेको ना ५ ख ७३९४ नम्वरको ट्रकको हुटबाट खसेर हरिपुर नगरपालिका ७ घर भएका रामनाथ मिर्दाहाका छोरा १६ वर्षीय अनुज मिर्दाहा घाईते भएका हुन् । किशोरलाई बागमतीमा प्राथमिक उपचार गरी वीरगञ्ज रेफर गरिएको छ ।

विवाहको लगनले सर्लाहीको पूर्व–पश्चिम राजमार्ग (हाईवे) मा गाडीको चाप बढेको छ ।