logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भलुवाईमा विद्यालय ब्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–११ भलुवाहीमा रहेको जनता प्राथमिक विद्यालयमा ब्यवस्थापन समिति गठन भएको छ ।

शुक्रवार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रुपमा ९ सदस्यीय ब्यवस्थापन समिति चयन गरेको हो । समितिको अध्यक्षमा एकावती देवी चौधरी तथा सदस्यहरुमा केवल माझी, शिवशंकर महतो, देवकली माझी, विसुन चौधरी, चौथी माझी, सोनेलाल साह, त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जयनारायण चौधरी र शिक्षक प्रतिनिधिमा नगिनादेवी चौधरी रहेका छन् ।

गत फागुनमै ब्वस्थापन समितिको म्याद सकिएपनि लकडाउनले गर्दा केही महिना ढिला गरी शुक्रबार अभिभावक भेला आयोजना गरी सबैको सहमतिमा समिति चुनिएको वडाध्यक्ष रामदुलार साहले जानकारी दिए ।