logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपुर साना किसानको साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

साधारण सभाको उद्घाटन गर्दै मेयर मन्सुर । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको बुधवार १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष जमुना कुमारी धामीको अध्यक्षता एवं हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ५६ लाख ४६ हजार ९२९ रुपैयाँ ४१ पैसा कुल कारोवार गरेको संस्थाले २४ लाख ५७ हजार ५२१ रुपैयाँ २२ पैसा खुद मुनाफा कमाएको छ । सभामा संस्थाले आफ्ना उत्कृष्ट बचतकर्ता, ऋणी लगायतलाई सम्मान समेत गरेको जनाएको छ ।

यस्तै हरिपुर नगरपालिकाको वडा नं. ८ मा महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत वुधवार अन्तक्र्रिया गर्नुका साथै किसानहरुलाई सत्रु कीरा र मित्र कीरा चिन्ने तरिका, मलखादको प्रयोग गर्ने तरिका लगायतका सम्वन्धमा अभिमुखीकरण प्रदान गरिएको वडाध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । हरिपुर नगरपालिकाका उपमेयर रेणुका काफ्लेको प्रमुख आतिथ्यतामा इन्द्रपुर विद्यालयमा दुवै कार्यक्रम सम्पन्न गरिएको हो ।