logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बाँके जंगलमा दुर्घटना, कार चालकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

फूलजोर – जिल्लाको उत्तर पूर्वी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको बाँके जंगलमा वुधवार राती भएको सवारी दुर्घटनाको एक जनाको मृत्यु भएको छ ।

प्रदेश २ को अस्थायी मुकाम जनकपुरबाट यहाँको जिल्ला सदरमुकाम मलंगवाका लागि छुटेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्वरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार वुधवार राती ८ बजेतिर भएको दुर्घटनामा गम्भीर घाईते हुनु भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले जनाएको छ । मृतकको शव वुधवार राती नै पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ । बस र त्यसका चालक बयलवास प्रहरीको नियन्त्रणमा छन् ।