प्रतिकात्मक तस्बिर


कविलासी – कबिलासी नगरपालिका–९ भलुवाहामा खसीबाख्राको गोठमा आगो लाग्दा दुईलाख भन्दा बढी मुल्य बरारको क्षति भएको छ ।


शुक्रबार राती पौने नौ बजे स्थानीय देव नारायण रायको फुसको बाख्रा गोठमा विद्युत शर्ट भई आगलागी हुँदा छ वटा बाख्रा, पाँचवटा बाख्राको पाठो र तीन वटा खसी जलेर मरेका छन् । आगलागीबाट मानवीय क्षती नभएको र राती १० बजे स्थानीय र प्रहरीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
