तालिम उद्घाटन समारोहमा सहभागीहरु । तस्बिर : घनाश्यम/उज्यालो अभियान
घनश्याम बलम्पाकी/राजघाट – माछा पालन गर्न चाहने किसानलाई वुधवारबाट सर्लाहीको बागमती नगरपालिका ६ राजघाटमा तालिम सुरु भएको छ ।


रिसर्च एण्ड डेभलमेन्ट इन्ष्टिच्यूट नेपाल काठमाण्डौंको प्राविधिक सहयोगमा घिमिरे दाजुभाई कृषि तथा पशुफर्मले राजघाट पन्चमुखी चौकमा ५ दिने मत्स्य पालन सम्वन्धी तालिम आयोजना गरेको हो । तालिमको वुधवार बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान र ६ नम्वर वडाका वडाध्यक्ष खड्बहादुर राईको आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रम संचालक चेतन घिमिरेले जानकारी दिए ।

माछापालन गर्ने इच्छा राखेर तालिममा आउने किसानहरुलाई नवराज घिमिरे र सविन घिमिरेले माछापालनको तौरतरिका लगायत माछाका सम्वन्धमा तालिम दिनेछन् । तालिम आइतवारसम्म चल्नेछ ।

