बागमती – बागमती नगरपालिका निवासी आगलागीपीडित एक परिवारलाई दुई मनकारी युवाले राहत स्वरुप सामग्री प्रदान गरेका छन् ।


गत साेमबार भाईटिकाकाे दिन अागालागीबाट घर तथा घरभित्र रहेकाे सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडामा परेका बागमती नगरपालिका वडा नम्बर १२ निवासी भक्त बहादुर गोलेको परिवारलाई राहत सामग्री प्रदान गरिएकाे हाे । बागमती निवासी नेपाल तामाङ घेदुङका नगर अध्यक्ष जय गाेले र हरिवन नगरपालिका अन्तर्गत डाबरी निवासी घेदुङका प्रदेश दुई उपाध्यक्ष संजिब माेक्तानले त्रिपाल, बाल्टिन लगायत भाँडाकुँडा, ओडने ओछ्याउने फम, सिरक लगायतका सामग्री बुधबार पीडित परिवारलाई प्रदान गरेका हुन् । आगलागीबाट गाेलेकाे घरभित्र रहेकाे नगद ३० हजार रुपैंया समेत जलेकाे र ५ जनाकाे परिवार छिमेकीकाे घरमा आश्रय लिएर बसेकाे सुनेपछि अाफुहरुले राहत स्वरुप थाेरै भएपनि सहयाेग गरेकाे जय गाेलेले उज्यालाे अभियानलाई बताए ।

फाेटाे क्याप्सन : सहयाेग सामग्री सहित संजिब माेक्तान र जय गाेले (बिचमा) ।
