logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपूर्वामा कांग्रेसको शुभकामना आदानप्रदान


  • उज्यालो अभियान

हरिपूर्वा – नेपाली कांग्रेसले सोमवार सर्लाहीको दक्षिण–पूर्वी भेगको हरिपूर्वामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरिपूर्वा बजारमा पार्टीका नगर संयोजक नवीन कुमार यादवको अध्यक्षता एवं संघीय सांसद डा. अमरेशकुमार सिंहको प्रमुख आतिथ्यतामा दीपावली, छठ लगायतका पर्वका अवसरमा चियापानसँगै शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा पूर्व पार्टी जिल्ला सभापति सत्यदेवसिंह दनुवार, हरिपूर्वाका मेयर शियाराम राय, प्रदेश (क) का सभापति सुरेश राय, नेता रवीनन्दन चौधरी, कौशलकिशोर राय, तरुण दलका जिल्ला सभापति सूर्यनारायण चौधरी लगायतले मन्तव्य राखे । यस्तै किसिमको कार्यक्रम आइतवार दक्षिणी भेगको कौडेना गाउँपालिकामा सम्पन्न गरिएको छ ।