logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दोस्रो शहीद सन्तवीर गोल्डकप : आयोजक सेभेनस्टार हजरियालाई उपाधी


  • उज्यालो अभियान

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित दोस्रो शहीद सन्तवीर कुशवार फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

सोमवार साँझ सम्पन्न फाइनल खेलमा मुक्तेश्वर युवा क्लब मूर्तियालाई ट्राईबे्रकरमा ४–३ गोलले पराजित गर्दै आयोजक सेभेनस्टार युवा क्लब हजरियाले प्रतियोगिताको प्रथम उपाधी उचालेको हो । जितसँगै हजरियाले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पहिलो शिल्ड उचाल्यो भने उपबिजेता मुर्तियाले २५ हजार ५ सय २५ रुपैयाँ नगद र दोस्रो शिल्डमा चित्त बुझाउनु प¥र्यो ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी लगायतले पुरस्कार वितरण गरे ।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका विकास पे्रमी एवं सामाजिक व्यक्तित्व सन्तवीर कुशवारको सम्झना तथा सम्मानमा स्थानीय सेभेन स्टार यूथ क्लबले यो वर्ष दोस्रो पटक फुटबल प्रतियोगिता आयोजना गरेको हो । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ वटा क्लबले सहभागिता जनाएका थिए ।