logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

साना किसान कृषि सहकारी हरिवनको साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

वार्षिक साधारण सभाको उद्घाटन गरिदै । (तस्बिर : उज्यालो अभियान)

हरिवन – साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिऔनको सातौं बार्षीक साधारण सभा सम्पन्न भएको छ ।

हरिवन नगरपालिका–८, चापिनी ठेगाना रहेको सहकारी संस्थाको हरिवन बजार स्थित सम्पर्क कार्यालयमा साधाराण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष नानिराम पौडेलको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष यज्ञबिनोद ढुंगेल, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कार्की लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कृष्ण कुमारी पौडेल, लुम्बिनी बिकास बैंक लालबन्दीका शाखा प्रबन्धक आशिष भट्टराई, वडा नं. ८ कि वडा सदस्य धनमाया बिक, बोमि लघुवित्त हरिवन शाखाका कार्यालय प्रमुख गोपाल पौडेल लगायतको आतिथ्यता रहेको संस्थाका सचिव संजिब भट्टराईले जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष नबिन दहालले स्वागत गरेको साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक लेखा परीक्षण पारित गरेको बताईएको छ ।